काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्य नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएकाे छ ।
यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसक्नुभएको छ ।
एकीकृत समाजवादीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ र चपाईंले पनि पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । आजै नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ ।