२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनले छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने, पोम्पेओले नदिने



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु ।

“मैले त्यो ‘क्यालकुलस’ बनाइसकेको छु । हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं,” बाइडेनले आयरल्याण्डको भ्रमणको अन्त्यमा भन्नुभयो ।

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताउनुभएको छ ।

पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपतिपदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गर्नुभएको छ ।

पोम्पेओले ट्वीटरमा लेख्नुभएको छ, “मेरी पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौं ।”

रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै भन्नुभयो, “यो समय मेरो र मेरो परिवारका लागि सही छैन ।”

“तपाईंहरूमध्ये धेरैलाई यो घोषणा अनौठो लाग्नसक्छ । म अहिले ५९ वर्षको मात्र भएँ । अझै धेरै अवसरहरू बाँकी छन् जसका लागि समय अझ उपयुक्त हुन सक्छ भविष्यमा अमेरिकालाई मेरो नेतृत्व अझ बढी आवश्यक हुनसक्छ ।”

पोम्पेओले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्रीमा नियुक्त गरेपछि अमेरिकी विदेश मन्त्रालयलाई आफ्नो कुशल नेतृत्व दिन सफल हुनुभएको थियो ।

वेस्ट पोइन्ट र हार्वर्ड ल मा आफ्नो कुलीन शिक्षाको बावजुद, पोम्पेओ कन्सासमा एक व्यापारीको रूपमा अस्पष्टताबाट बाहिर आउनुभएको थियो । उहाँ सन् २०१० को दक्षिणपन्थी टी पार्टी लहरमा अमेरिकी काङ्ग्रेसमा निर्वाचित हुनुभएको थियो ।

ट्रम्प स्वयं र संयुक्त राष्ट्रसंघका पूर्व राजदूत निक्की हेली पनि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।