• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’, विश्वभर हेर्न सकिने



काठमाडौँ।ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।

चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक रुपमा प्रशंसा पाएको थियो । सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, ‘प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नू भयो निराश हुनुभएको थिएन । ओटीटीमा पनि यो चलचित्रले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।’ निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर चलचित्र हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निशुल्क हेर्न पाईने युट्युबमा प्रेमगञ्ज नराख्ने बताए ।

यो प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रले दुई कालखण्डको प्रेमकथा भन्छ । ‘जो जीवनमा छ, उ मनमा छैन । जो मनमा छ, उ जीवनमा छैन’ भन्ने ट्यागलाईनमा बसेर चलचित्रको कथा बुनिएको छ । मानिसलाई जीवनमा कहिले गर्नु नपरे हुन्थ्यो भन्ने काम जीवनभर गर्नुपर्ने हुनसक्छ । कहिले जान नपरे हुन्थ्यो भन्ने ठाउँमा जीवनभर जानूपर्ने हुनसक्छ । कहिले बस्नु नपरे हुन्थ्यो भन्ने लागेको मान्छे सङ्ग जीवनभर बस्नु पर्ने हुनसक्छ । चलचित्रले यस्तै यस्तै कुराहरु बोल्न खोजेको छू, निर्देशक सेनले प्रष्ट पारे ।

यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।

सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरु तथा स्मार्ट टिभिमा विश्वभर उपलब्ध छ ।