• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयमा शास्त्रले के कर्म गर्न निषेध गरेको छ?



काठमाडौँ । गुरु तथा शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद् नेपालले अनुरोध गरेको छ ।

सनातनधर्माबलम्बी भन्नेले जानेर वा नजानेर शास्त्रले अशुद्ध समय भनेको बेलामा निषेध गरिएका कर्म गरिरहेको सूचना परिषद्मा प्राप्त भएकाले त्यस्ता कर्म नगर्न उपाध्यक्ष प्रा भवानीप्रसाद खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अहिले शुक्र अस्त भए पनि पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा यज्ञलगायत धार्मिक यज्ञयागादी चलिरहेको छ ।

गत चैत १७ गते शुक्रबारदेखि गुरुअस्त भई यही वैशाख १५ गते शुक्रवार उदय हँदैछ । त्यसैले चैत १७ गतेदेखि नै कुनै कामना राखेर गरिने कर्म नगर्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । गुरुअस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ गतेदेखि १८ गतेसम्म गुरुको बाल्य दोष रहन्छ ।

गुरु तथा शुक्र अस्तका बेला इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रत आरम्भ र उद्यापन, बधुप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्ट श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ, यज्ञजस्ता कार्य कहिल्यै नगरिएको र देव दर्शन् तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यास ग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेकजस्ता कर्म पनि अस्तकालमा गर्नुहुदैन भन्ने कुरा श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र, आदि ग्रन्थले उल्लेख गरेको परिषद्ले जनाएको छ ।

शास्त्रीय मान्यताका आधारमा गरिने कर्म शास्त्रले निषेध गरेका समयमा गर्दा फल नपाइने भएकाले शुद्ध समयमा कर्म गर्न परिषद्ले अनुरोध गरेको हो ।