२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: कोलकत्ता र हैदरवाद भिड्दै, रिंकुको जादु देख्न पाईएला कि नपाईएला ?



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार कोलकत्ता नाइट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दैछन् । इडेन गार्डेनमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

कोलकत्ता आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । कोलकत्ता ३ खेलमा दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

गत सोमबार कोलकत्ताले गुजरातविरुद्ध रोमाञ्चक जित हात पारेको थियो । खेलको अन्तिम ओभरमा रिंकु सिंहले ५ बलमा लगातार ५ छक्का प्रहार गरेका थिए ।

यता, हैदरावाद पनि दोस्रो जित निकाल्न चाहन्छ । हैदरावाद २ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले ४ जित निकाल्दा हैदरावादले मात्र १ जित निकालेको छ ।

यस सिजनमा भने यि दुई टोलीको पहिलो भेट हो ।




भर्खरै