२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: कोलकत्ता र हैदरवाद भिड्दै, रिंकुको जादु देख्न पाईएला कि नपाईएला ?



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार कोलकत्ता नाइट राईडर्स र सनराईजर्स हैदरावाद भिड्दैछन् । इडेन गार्डेनमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

कोलकत्ता आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । कोलकत्ता ३ खेलमा दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

गत सोमबार कोलकत्ताले गुजरातविरुद्ध रोमाञ्चक जित हात पारेको थियो । खेलको अन्तिम ओभरमा रिंकु सिंहले ५ बलमा लगातार ५ छक्का प्रहार गरेका थिए ।

यता, हैदरावाद पनि दोस्रो जित निकाल्न चाहन्छ । हैदरावाद २ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ता बलियो देखिएको छ । कोलकत्ताले ४ जित निकाल्दा हैदरावादले मात्र १ जित निकालेको छ ।

यस सिजनमा भने यि दुई टोलीको पहिलो भेट हो ।