१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले युक्रेनमा यस हप्ताको सुरुमै कारबाही गर्न सक्छ– ब्लिन्केन



अ+ अ-

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिेन्केनले सोमबार रुसले यसै साताको सुरुमा युक्रेनविरुद्ध कारवाही गर्नसक्ने बताएका छन् । फ्रान्स २४ सँगको अन्तरवार्तामा उनले युक्रेनविरुद्ध हुने कारवाहीप्रति अमेरिका चिन्तित रहेको बताए । 

पेन्टागनले सप्ताहन्तमा रुसले युक्रेन वरिपरि सेनाको सङ्ख्या बढाएको बताएको छ । उसले रुस–युक्रेन सीमा र बेलारुसमा रुसी सेनाको सङ्ख्या एक लाखभन्दा बढी रहेको अनुमान गरेको छ । 

ब्लिन्कनका अनुसार विश्व शक्ति राष्ट्रहरुले तनाव घटाउन बारम्बार आग्रह गरेको भए पनि मस्कोको सैन्य निर्माणले तनाव बढाउने सङ्केत गरेको छ ।

“हामीले देखिरहेका सबै कुरा, युक्रेनको वरिपरि रूसी सेनाको तैनाथीको सन्दर्भमा हामीलाई रुसले यसै साताको सुरुमा युक्रेनविरुद्ध कारवाही गर्ने निष्कर्षमा पुर्‍याउँछ”, ब्लिन्केनले भने ।

अमेरिकाले रुसलाई कूटनीतिक बाटो अपनाउनुपर्छ भनेर विश्वस्त गराउन सम्भव भएसम्म सबै गरिरहेको उनले बताए । यद्यपि उनले रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय गरे त्यसका लागि वासिङ्टन तयार रहेको चेतावनी दिए । 

“हामी हाम्रा सबै युरोपेली सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा यसका लागि पूर्णरूपमा तयार छौँ”, उनले भने ।