१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दलको बैठकको निष्कर्ष



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा एमसीसी नेपालको हितमा रहेको र टेबल गर्नुपर्ने  निष्कर्ष निकालेको हो। 

बैठकमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राख्नुभएको थियो। 

‘विकास परियोजना हो। एमसीसीको बारेमा धेरै भ्रम छर्नुपर्दैन। पास गर्नुपर्छ।’ उहाँले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो। 

कांग्रेस नेता शशांक कोइरालाले बैठकबाट बाहिरिने क्रममा भन्नुभयो, ‘बैठकमा एमसीसी नेपालको लागि राम्रो हो भनेर रामशरण महतबाट ब्रिफिङ भयो । नौ वटा देशमा अमेरिकाका सेनाहरु पनि आएका छैनन्। सम्भवतः भोलिको बैठकमा एमसीसी पेस हुन्छ। एमसीसी पारित हुनुपर्छ भन्ने नै आजको बैठकको मुल निष्कर्ष हो।’ 

यस्तै, पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने प्रस्ट पार्नुभयो।

भोलि बस्ने संसद बैठकमा एमसीसी पारित गर्ने सरकारको तयारी छ।