• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

पञ्जावबाट पक्राउ परे अमृतपाल सिंहका सहयोगी पापलप्रित सिंह



एजेन्सी । भारतमा ‘खालिस्तान’ राज्यको छुट्टै माग गर्दै अभियान चलाएको आरोपमा प्रहरीले खोजी गरिरहेका अमृतपाल सिंहका निकटतम सहयोगी पापलप्रित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई होशियारपुरबाट पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार उनी अमृतसरको आफ्नो गाउँमा आत्मसमर्पण गर्न चाहन्थे, तर त्यसअघि पञ्जाब पुलिस र काउन्टर इन्टेलिजेन्सले संयुक्त अभियानमा उनलाई पक्राउ गर्यो ।

पापलप्रित मार्च १८ मा अमृतपालसँगै फरार भएका थिए । यसपछि उनी छायाँ जस्तै बनेर अमृतपालसँगै हिँडिरहेका थिए । पापलप्रित र अमृतपाल फरारपछि हरेक पटक सँगै देखिएका थिए । पटियाला, कुरुक्षेत्र र दिल्लीमा सँगै बसेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । यस बाहेक दुबैको इनर्जी ड्रिंक पिउदै गरेको सेल्फी पनि भाइरल भएको थियो ।

प्रहरी स्रोतका अनुसार पापलप्रितले अमृतपाललाई सरबत खालसा (सिखहरूको धार्मिक भेला) बोलाउन अपील गर्न भनेका थिए । यसका लागि उनले अकाल तख्तका जथेदारलाई दबाब दिन सुझाव पनि दिएका थिए ।

पापलप्रित अमृतसरको मजिठा हलकेको मर्दी कलान गाउँकी बासिन्दा हुन्। उनकी आमा सरकारी शिक्षक थिइन् र बुबा कृषिमा संलग्न छन् । २०१७ मा, पापलप्रीत ‘वारिस पञ्जाब दे’मा सामेल हुनुअघि सिमरनजीत सिंह मानको समर्थक खालिस्तान पार्टीमा सामेल भए । यसबाहेक उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लगातार खालिस्तान आन्दोलनको प्रचार गर्थे ।

अमृतपाल सिंह मार्च १८ देखि फरार छन् । पञ्जाब प्रहरीले उनीविरुद्ध एनएसए (राष्ट्रिय सुरक्षा ऐन) अन्तर्गत मुद्दा दर्ता गरेको छ । अमृतपाल प्रहरी घेरालाई चकित पारेर जालन्धरको शाहकोटबाट भागेका थिए । त्यसपछि प्रहरीले पञ्जाव, हरियाणा, उत्तर प्रदेश र उत्तराखण्डमा उनको ठेगाना पत्ता लगाएको थियो । यद्यपि उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

पञ्जाव प्रहरीले अनुसन्धानमा अमृतपालले खालिस्तान बनाउने योजना बनाएको दाबी गरेको छ । उनका बन्दुकधारी गोरखा बाबाबाट प्रहरीले कथित मुद्रा, झण्डा र खालिस्तानको नक्सा पनि बरामद गरेको थियो । यस बाहेक अमृतपालले आनन्दपुर खालसा फौज (एकेएफ) नाममा निजी सेना पनि बनाएका थिए, जसलाई उसले आफ्नो गाउँ जल्लुपुर खेडाको फायरिङ रेन्जमा अवकाशप्राप्त सैनिकहरूलाई गोली चलाउने तालिम पनि दिइरहेको थियो । उनको बन्दुकधारी गोरखा बाबाको मोबाइलबाट प्रहरीले यसको भिडियो पनि बरामद गरेको छ ।