७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य प्रस्ताव, छोरा भन्छन्– टीमलाई सम्मानजनक भूमिका चाहिन्छ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसको विद्रोही समूहको रुपमा चिनिने पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समुहबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । बैशाख १० को उपनिर्वाचनको विषयलाई लिएर सोमबार देउवा निवास धुम्बाराहीमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

वार्तामा सभापती देउवा र जोशी पुत्र दिपकराज जोशी सहभागी थिए । सो क्रममा सभापती देउवाले गोविन्दराज जोशीलाई पार्टीको केन्द्रीय सदस्यको प्रस्ताव गरेका थिए । सो प्रस्ताव जोशी समूहले अस्वीकार गरेको छ । बुबालाई केन्द्रिय सदस्य बनाएर थामथुम गर्ने प्रयास रहेकोमा त्यसलाई आफूले अस्विकार गरेको दिपक बताउँछन् ।

तनहुँमा प्रभावशाली हैसियत निर्माण गरेका जोशीसमूहलाई हातमा लिएर तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन जित्ने रणनीति नेपाली काँग्रेसको छ । स्रोतका अनुसार जोशी समुहले गोविन्दराज जोशीलाई पार्टीको वरिष्ठ नेता बनाउनु पर्ने, केहीलाई केन्द्रिय सदस्य बनाउनुपर्ने र तनहुँ जिल्ला कार्य समितिमा ३३ प्रतिशत सहभागिता गराउनुपर्ने अडान राखेको छ ।

उपचुनावलाई मध्यनजर गर्दै काँग्रेसले केही दिन अघि पूर्वमन्त्री गोविन्दराज जोशीमाथि गरेको कारबाही फिर्ताको निर्णय गरेको थियो । तर, कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले त्यस पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रस्ट पारिसकेका छन् ।

सभापती देउवासँगको वार्ता असफल भएपछि जोशी समुहले अब आफ्नो ढङ्गले अगाडी बढ्ने तयारी भएको दिपक जोशीले बताए । चाँडै नै विज्ञप्ति मार्फत धारणा सार्वजानिक गर्ने जोशीको भनाई छ । यद्यपि, उपनिर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने बारेमा जोशी समूहले निर्णय गरेको छैन । तनहुँ–१ मा जोशी समूहको ६ हजार बढी मत रहेको बताइन्छ ।