१५ भाद्र २०८३, सोमबार
,
Latest
लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता भोली पुुनः हुने



अ+ अ-

काठमाडौँ । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार (भोली) बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो । वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै भोली पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनु भयो । उहाँले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताउनु भयो ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।

 




भर्खरै