• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लगाउने सत्तारुढदलको प्रयास, विधेयक समितिमा पठाउनु पर्ने पक्षमा एमाले



काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताउनुभएको छ ।

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरु पनि बसेर २८ गतेको बैठकले टुंग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरुले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’

यसैबीच  एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ ।  शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको बताउनु भयो । उहाँले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशिल ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसावले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’
अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसावले समितिमा लैजानैपर्ने बताउनु भयो ।

छलफल पछिसभामुख देवराज घिमिरेले तीन दलका शीर्ष नेताहरुको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामुहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको बताउनुभएको हो । उहाँले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामुहिका विषयमा कुरकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमति र विमति भन्दा पनि नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’ सभामुख घिमिरेले नेताहरुबीच सामुहिक विषयमा छलफल भएको बताउनु भयो ।