• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

देश आर्थिक संकटमा धकेलिँदै जाँदा पनि प्रधानमन्त्रीबाट ‘कमिटमेन्ट’को वर्षामात्रै भयोः ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री दाहालले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताउनु भएको हो ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उहाँले विज्ञहरुले समेत मुलुकमा रेमिट्यान्सबाट कर्मचारीलाई तलव खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री दाहालले भने राम्रो छ भनेर बसिरहेको बताउनु भयो । बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउने काम सहकारीले मात्रै गर्न सक्ने भन्दै त्यस क्षेत्रलाई बदनाम हुन नदिन पनि सहकारी अभियन्ताहरुलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिलेको त खाली गरिवहरुका लागि मात्रै होइन कि हुनेहरुका लागि पनि तरलताको कमी, पैसा छैन, बैंकले दिन सक्दैन आदि खालका कुराहरुले देशलाई आर्थिक संकटतर्फ धकेल्दैछ । र, रेमिटयान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विभिन्न विज्ञहरुले भनिराखेका छन ।

विभिन्न पत्रपत्रिकामा छापिईराखेको छ । सरकार मात्रै ढुक्क छ । अरु कोही ढुक्क छैन । तर, मजाको कुरा के छ भने सरकार ढुक्क छ । भन्छ–अर्थतन्त्र राम्रो छ, केही हुँदैन । प्रधानमन्त्रीज्यू तपाईहरुको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ । केही पनि छैन । भन्नु पर्दा पनि उहाँले केही बाँकि राख्नु हुन्न । तारा झारदेउन भन्यो भने त्यो तारा मात्रै होइन, जून पनि झारि दिउला भन्नु हुन्छ । कमिटमेन्टका लागि कुने खडेरी पर्दैन । कमिटमेन्टको वर्षा हुन्छ ।

तर तपाईहरुले अर्थतन्त्र देख्नु भएको छ । र, म तपाई सहकारी अभियन्ताहरुलाई, सहकारीका कार्यकर्ताहरुलाई भन्नु चाहन्छु–अहिले सहकारी जति मात्रामा बदनाम भएको छ । त्यो बदनाम हुन नपाओस् भन्ने कुरामा पनि तपाईहरुको ध्यान जानु पर्छ । सहकारी बद्नाम हुन नपाओस् । किनभने मान्छेको सहकारीमाथिको विश्वास धर्मरायो भने सहकारीमा कसरी जाने ? हाम्रो जस्तो देश, यसका केही विशेषताहरु छन । हामीसँग जमिन सरकारको छैन । जमिन व्यक्तिको छ । निजी पूँजी छ । त्यसकारणले सरकारले चाहेको काम गर्न सक्दैन । अरु देशहरुमा सरकारले चाहेको काम गर्न सक्छ । तर यहाँ त सरकारले जमिन प्राप्त गर्न सक्दैन । यस्तो खालको स्थिति छ ।’

अध्यक्ष ओलीले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढन सरकारलाई सुझाव दिनु भयो । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ओलीले यतिबेलाको अर्थतन्त्रको स्थितिलाई सुधार्न सहकारीलाई प्रोत्साहित र अझ सुदृढ बनाउनुको विकल्प नरहेको बताउनु भयो । ओलीले अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउनेतर्फ सरकार लाग्नुपर्ने पनि पटकपटक दोहो¥याउनु भयो।

उहाँले भन्नु भयो, ‘अहिलेको अवस्थामा, यतिबेलाको अवस्थामा, खासमा यतिबेलाको अर्थतन्त्रको स्थिति, आर्थिक अवस्थाको स्थितिमा भन्ने हो भने सहकारीलाई प्रोत्साहित गर्दैनौं, सहकारी अभियानलाई अझ सुदृढ ढंगले अगाडि बढाउँदैनौं । र, अनाआवश्यक खालको खर्च काटेर सहकारीलाई सबल बनाउने तर्फ हामी प्रवाह गर्दैनौं भने बगिराखेको छ पानी, खेतमा फर्कादैनौं भने कसरी उत्पादन हुन्छ ? त्यसकारण यतिबेला उत्पादनमूलक काममा लगाउने भने, प्रोडक्टिभ काममा लगाउने भनेको मुख्य रुपमा चाँही सहकारीतर्फ खोलाको पानीलाई खेतमा इरिगेशन गरेजस्तै हो ।

यसमा कमी छन भने तरिका निकालौं । तर, सहकारीको विरोध गरेको छ । सझ न बुझ जस्तो विरोध गरेको छ । एकाधलाई दृष्टान्त बनाएको छ । एउटा चामलमा कतै कालो देखियो भने कालो, कालो, कालो भन्या छ । सबै हल्ला ग¥या छ । ताकि सेतै छ । सबै सहकारी बिग्रेको छ र ? अनि, एउटा कुने बिग्रियो भने त्यसलाई देखाएर ल हेर सहकारी भनिएको छ । त्यो गर्ने होइन । सहकारीलाई अगाडि बढाउन सरकारले ध्यान दिनु पर्छ । सरकारीको संरक्षण गर्न, प्रमोशन गर्न ।’

अध्यक्ष ओलीले आर्थिक संकटको बेला सहकारीलाई विरोध गर्न नहुने तर्क समेत गर्नु भयो ।