१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन मन्त्री आले र जगत ओलीबिच भएको टेलिफोन संवाद पुरानो कि हाल कै ? प्रमाणसहित आए जगत ओली



अ+ अ-

काठमाडौ । आज (मंगलबार) बिहान देखी नै सामाजिक संञ्जालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली बीचको टेलिफोन संंवाद भाईरल बन्यो । संवादमा मन्त्री आले र जगत ओलीबिच अश्लिल शब्दहरुमा भनाभैरी भएको सुन्न सकिन्छ । जुन भाषा तथा शब्दहरु संञ्चारमाध्यामा प्रस्तुत गर्न नहुने खालका छन् । मन्त्री आले र ओलीले यसरी एक अर्कालाई गाली गलौज गरेका छन् कि त्यसको अडियो सुन्नै नसकिने खालका छन् ।

मन्त्री आले र जगत ओलीबिचको उक्त टेलिफोन संवादको भिडियो सार्वजनिक भएसंगै मन्त्री आलेको सचिवालयले भने निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् । तर घटनाको बास्तविकता के हो भन्ने कुरा अझै पनि अन्योलमै रहेको छ । तर सो टेलिफोन संंवाद भाईरल भईसकेपछि धेरैले सो संवाद हालको नभएर पुरानो हुनसक्ने पनि आशंका गरेका छन् ।

यता मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उहाँमाथि ब्ल्याकमेल गर्ने, उहाँलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट पनि गरेको छ । तर जगत ओलीले भने सामाजिक सञ्जाल फेसबुकमा सो टेलिफोन संवाद पुरानो नभएर भर्खरकै भएको दाबी गरेका छन् ।

जगत ओलीले आफुले सो टेलिफोन संवादको भिडियो रेकर्ड सार्वजनिक गर्ने बताउँदा मन्त्री आलेले ''भाइ यसो नगर हामी एउटै ठाउको केहि सहयोग चाहिन्छ भने भन म छु'' भन्ने खालको प्रस्ताव समेत राखेको ओलीले दाबी गरेका छन् ।

जगत ओलीको फेसबुक स्ट्याटस्:

''कोहि भ्रम मा नपरौ १ बर्ष पहिला भनेर हिजो राति नै गरियको कल हो मैले यो भिडियो पढायर भोली थाहा हुन्छ भन्दा पछि को १३ सेकेन्ड मा भाइ यसो नगर हामि एउटै ठाउको केहि सहयोग चाहिन्छ भने भन म छु भन्थ्यो मैंले तेरो सहयोग माग्न परे भिक मागेर खान्छु भने अनि बलक गर्यो र मलाइ के कमेन्ट हो पठाउनुस भन्दा पठाउदैन र गालि मात्र दिने अनि बाध्य भएर रेकर्ड गरेको हु ''

जगत ओलीले आफ्नो फेसबुकमा प्रमाणका रुपमा सार्वजनिक गरेका तस्बिरहरुः

 

उता मन्त्री आलेको सचिवालयले मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट समेत गरेको छ । त्यस्तै नेता आले समाजवादीमा आबद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त पनि व्यक्त गरेको छ । 

संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आले र अछामका जगत् ओली बीचको टेलिफोन संवाद: