• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर दुरुपयोग भयो: चित्रबहादुर केसी



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा भएको आफ्नो हस्ताक्षरप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उहाँले कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरु रहेको उल्लेख  गर्नुभएको छ ।

सोही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको केसीले बताउनुभएको छ ।

वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि डिजिटल हस्ताक्षर राखिएको बारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन”, उहाँले भन्नुभएको छ । भ्रमवश नै न्यूनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर परेको उहाँले प्रष्ट्याउनुभएको छ ।