• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सविरुद्धको रिट खारेज



काठमाडौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज खोल्न पाउनेविरुद्धको रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले उक्त मुद्दाको फैसला गरेको हो ।

नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधनविरुद्ध इन्द्रबहादुर बानियाँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

धितोपत्र बोर्डले ब्रोकरको लाइसेन्सका लागि ३० र नयाँ स्टकका लागि ४५ दिनको समय राखेर आवेदन माग गरेको थियो । सर्वोच्चको फैसलासँगै बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने बाटो खुला भएको छ ।