• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

दौडिनुपर्ने सरकार अझै अलमलमा– गगन थापा(भिडियोसहित)



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको टिप्पणी गर्नुभएको छ ।

कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री र मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको भन्दै वर्तमान सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताउनुभयो ।

सरकारलाई दौडिएर पुग्ने सुविधा प्राप्त भएको उल्लेख गर्दै महामन्त्री थापाले भन्नुभयो, “तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।”

नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर गति, लय र संकल्पसहित काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

सरकारले निर्माणको क्षेत्रमा ६० देखि ८० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उहाँले उक्त रकम दिएर बजारलाई चलायमान बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । “यसका लागि प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्छ तर त्यस्तो पाइएको छैन”, उहाँले भन्नुभयो ।

आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आउँदा उहाँहरुले कसरी फुर्सद पाउनुभयो भनेर आफूलाई नरमाइलो लाग्ने गरेको भन्दै महामन्त्री थापाले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन । तीन महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो । नराम्रो अर्थमा होइन । हामी छौँ नि फुर्सदमा ।”