१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता



अ+ अ-

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । हालै नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका डा. वाग्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् । यो क्षेत्रमा गत निर्वाचनबाट विजयी भएका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।