• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

जसपाका अध्यक्ष उपेन्द्र यादवद्वारा बारा–२ मा मनोनयन दर्ता



कलैया । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा समर्थकहरुसहित उहाँले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

मनोनयन दर्ता गर्नुअघि उहाँले सञ्चारकर्मीहरुसँग बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताउनुभयो ।

यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो ।

बारा–२ बाट निर्वाचित जसपाकै रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त रहेको छ ।