१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षपछि ‘द रेनकारनेशन’ ब्याण्डले ल्यायो ‘एक्लै छु’



अ+ अ-

काठमाडौं । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत बजारमा आएको छ । १९९८ मा स्थापना भएको यो ब्याण्डले यतिबेला दार्जलिङको विभिन्न शहरमा विभिन्न सोहरुमा आफ्नो कला प्रस्तुत गरिरहको छ ।

‘द रेनकारनेशन’ ब्याण्डले दार्जलिङमा मात्र नभएर भारतीय स्तरका विभिन्न शोहरुमा सहभागि भएर अवार्ड समेत हात पारिसकेको छ । ‘द रेनकारनेशन’ २०२१ मा दार्जलिङमा भएको रक कन्टेक्समा सहभागी भएर पहिलो समेत भएको थियो ।

‘द रेनकारनेशन’ ब्याण्ड दार्जलिङबाट नै ‘गोर्खा रक्स’ एल्बम सार्वजनिक गरेको थियो । त्यसपछि ‘द रेनकारनेशन’ ब्याण्डले २००३ मा ‘हिजोसम्म’ एल्बम काठमाडौंमा आएर गीत रेकर्ड गराई रिलिज गरेको थियो ।

उक्त एल्बमा रहेको हिजोसम्म, व्यथा, तिमी बिना लगायतको गीत निकै हिट भएको थियो । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत २०,२१ वर्षपछिको कमब्याक गीत हो । यो गीत अप्रिल १ मा ‘द रेनकारनेशन दार्जलिङ’ युट्युबमारिलिज भएको हो । जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘द रेनकारनेशन’ ब्याण्ड
ड्रम्स र स्वर – संजित मोथे
गिटार र स्वर – सहदेव लामा
कीबोर्ड–देवकर ठटाल
बास गिटार–किरण मोथे सदस्यमा रहेका छन् भने बास गिटार कल्याण सुन्दासको भने २०१९ मा निधन भइसकेको छ ।