२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको प्रयास: गोविन्दराज जोशी



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा जोशीले आफ्नो घारणा सार्वजनिक गर्दै यस बारेमा कुनै छलफल नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ –

वर्षौँदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ।
विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरुलाई जान्छ। १० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ।यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु।
सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरु बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।
नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छे सँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावि रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु। म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
गोविन्द राज जोशी

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

https://www.facebook.com/jkapeed/videos/177405248440803