३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

ओबामालाई पछि पार्दै मस्क बने ट्विटरमा सर्वाधिक फलोअर्स भएको व्यक्ति

ओबामालाई पछि पार्दै मस्क बने ट्विटरमा सर्वाधिक फलोअर्स भएको व्यक्ति
अ+ अ-

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् ।

बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् ।

समाचार, विचार र पीआर सन्देशको आदानप्रदानको लागि एक प्रमुख प्लेटफर्मको रूपमा ट्विटरको भूमिका बढ्दो देखिएको छ ।

मस्कले गत हप्ता कर्मचारीहरूसँग आफ्नो कम्पनीले यसको लागि खर्च गरेको ४४ अर्ब डलरको आधा मूल्य गुमाएको बताउनुभएको थियो भने विश्व प्रसिद्ध सामाजिक सञ्जालले अझै पनि विज्ञापनदाताहरू र सरकारी नियामकहरूलाई प्रभाव नपार्नेगरी संस्थालाई अघि बढाउने बताएका थिए ।

ट्वीटर नियन्त्रणमा लिएदेखि नै मस्कले ट्वीटर समूहको पेरोललाई सात हजार ५०० कर्मचारीबाट दुई भन्दा कममा झारेका छन् । सामाजिक प्लेटफर्मलाई कठिन समयमा टिकाईराख्न र आर्थिक रूपमा व्यवहार्य बनाउनका लागि सशुल्क सेवाग्राहीको आफ्नो धारणाले मूहुर्तरूप लिने विश्वास व्यक्त गरेका थिए । तर परिणामहरू निराशाजनक देखिएका छन् ।

सशुल्क सेवाग्राहीबारे कम्पनीका प्रमुखले राखेको धारणापछि ट्वीटरले प्राविधिक खराबीको एउटा श्रृङ्खला देखेको छ । यसमा मस्कको ट्वीटले अचानक लाखौं प्रयोगकर्ताहरूको फिडमा प्रभाव नपारेको घटना पनि समावेश छ । लाखौँले कम्पनीका प्रमुख लगानीकर्ता मस्कलाई नपछ्याएको पनि देखिएको छ ।

मस्कले प्रयोगकर्ताहरूलाई ट्विटरमा अधिक स्वतन्त्र रूपमा कुराकानी गर्न प्रोत्साहित गर्नुभएको छ । साइटले कानूनद्वारा अनुमति दिइएको सेन्सरशिपको न्यूनतम मात्रा लागू गर्ने बताएको छ ।

प्लेटफर्मले अप्रिल १ देखि सेलेब्रिटी वा पत्रकारजस्ता केही व्यक्तिगत एकाउन्टका लागि ट्रस्ट बिल्डिङ ‘ब्लु टिक’ फिर्ता लिने र ग्राहकलाई भुक्तानीका लागि आरक्षित गर्ने जनाएको छ ।