५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपाल र लाओस भिड्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओसले प्रतिस्पर्धा गर्दैछन् । घरेलु टोली नेपाल र लाओसबीचको फाइनल खेल त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताउँदै फाइनल खेलका लागि मानसिक र शारीरिक रुपमा तयार भएको बताएका छन् ।

नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुशी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको कप्तान लिम्बुको भनाई छ ।

यस्तै, नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए । प्रशिक्षक एनिसका अनुसार भुटानविरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुनेछन् ।

यसैगरी लाओसका प्रशिक्षक हान्स मिकेल विसले घरेलु टोलीविरुद्ध निकै प्रतिष्पर्धातमक खेल हुने बताउँदै फाइनल खेल लाओस फुटबलका लागि धेरै अवसर रहेकाले कुनैपनि हालतमा जितका लागि खेल्ने बताए ।

नेपाल, भुटान र लाओस सम्मिलित सिंगल राउण्ड रोबिनमा भएको खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै, लाओसले भुटानलाई २–१ गोलले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।