११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बालउद्धार माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

बालउद्धार माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बिदाई
अ अ+ अ-

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित बालउद्धार माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

बिहीबार कपनस्थित एक पार्टी प्यालेसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेका हुन् । बालउद्धार माविले आगामी बैशाख २६ गतेबाट सञ्चालन हुने परीक्षाको तयारीमा रहेका कक्षा १२ का विद्यार्थीहरुलाई उज्जल भविष्यको कामना गर्दै बिदाई गरेको हो ।

विद्यार्थीहरुलाई प्रधानाध्यापक विनोद पण्डित, विद्यालय ब्यवस्थापन समिति (वि.ब्य.स.) अध्यक्ष ध्रुब प्रसाद घिमिरेलगायत शिक्षक–शिक्षिकाहरुले रुद्राक्षका माला लगाइदिएर विदाई गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक विनोद पण्डितले बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै बालउद्धार माविले दक्ष जनशक्तिहरु उत्पादन गर्दै आएको बताए । साथै, आगामी दिनहरुमा पनि उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै जाने उल्लेख गरे ।

त्यस्तै उनले विद्यालयको भवन निर्माणको काम समयमा नै सम्पन्न नभएतापनि पठन–पाठनमा कुनै कसर बाँकी नराखेको जानकारी गराए । प्रधानाध्यापक पण्डितले भनेका छन्, ‘तपाई–हाम्रो मिहेनतकै कारण आज बालउद्धार मावि सामुदायिक विद्यालयहरुमध्येकै नमूना विद्यालय बन्न सफल बनेको छ ।’ खेलमैदानको अभावकै बाबजुदपनि विभिन्न खेलकुदहरु (टुर्नामेन्टहरु)मा समेत विद्यालयले उत्कृष्ट नतिजा ल्याइरहेको प्रधानाध्यापक पण्डितले बताए ।

यसका साथै वि.ब्य.स. अध्यक्ष ध्रुब प्रसाद घिमिरेले पनि बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई शुभकामना दिदै भवन निर्माण समयमा सम्पन्न नहुँदा पठन–पाठनमा केही कठिनाई भएको बताए । यसरी भवन निर्माणको काम समयमा सम्पन्न नहुँदा कक्षा १२ का विद्यार्थीहरु केही अन्यायमा परेको उल्लेख गर्दै अब चाँडैनै निर्माण सम्पन्न हुने जानकारी गराए । अबको केही दिनमै विद्यालयको प्राङ्गनमा रहेको टहराहरु हटाइसक्ने पनि उनले जानकारी गराए ।

शिक्षक सन्तोष लुइँटेलले सञ्चालन गरेका कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, शिक्षक–शिक्षिकालगायत दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख २६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।