११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मधेस प्रदेशः एसइईको सम्पूर्ण तयारी पूरा

मधेस प्रदेशः एसइईको सम्पूर्ण तयारी पूरा
file
अ अ+ अ-

जनकपुरधाम । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो ।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले विगत दुई आर्थिक वर्षमा कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आठवटै जिल्लामा तयारी पूरा भएको र विद्यार्थीको सहभागिता उत्साहपूर्ण रहने अपेक्षा गरिएको बताउनुभयो ।

“मधेस प्रदेशमा विगतमा एसइई परीक्षालाई लिएर अनेकन टीकाटिप्पणी हुने गरेका छन् । त्यसैलाई मध्यनजर गरी परीक्षा मर्यादित, भयरहित र अनुशासित बनाउन सरकारले हरसम्भव प्रयास गर्नेछ”, मन्त्री यादवले भन्नुभयो, “आठ जिल्लाका शिक्षा समन्वय एकाइका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका पदाधिकारीसँग छलफल तथा समन्वय गरिएको छ । सबैलाई सचेतता र इमान्दारिपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।” यसपालि अपुग अवस्थामा बाहेक प्रावि तहका शिक्षक–शिक्षिकालाई मात्र गार्ड राख्न निर्देशन दिइएको बताउनुभयो ।

मधेस प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुँयालले पनि परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो । “कर्मचारीको खटनपटन, उत्तरपुस्तिकाको उपलब्धता र व्यवस्थापनमा लाग्ने खर्चसहित सम्बन्धित केन्द्रमा गर्नुपर्ने सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा भएको छ ।” अघिल्ला परीक्षाबाट सिक्दै यो पटक थप व्यवस्थित बनाउने काम भएको उहाँको भनाइ छ । परीक्षा पूर्वको तयारी पूरा भएको छ । परीक्षाको समय र त्यसपछि के गर्ने र कसरी गर्ने भन्ने विषयमा पनि योजनासहित तयारी अवस्थामा रहेको निर्देशक फुँयालले बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षाका लागि परीक्षा प्रणाली पनि भरपर्दो, मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताअनुसार सहयोगका लागि सबै पक्षलाई आग्रह गरिएको समेत बताउनुभयो । “यसपटक परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि निर्देशिका, ऐन, कानुनमा भएको व्यवस्था कार्यान्यन गर्न सबै पक्षलाई अपिल गरिएको छ”, निर्देशक फँुयालले भन्नुभयो, “स्थानीय तहलाई अनुगमनमा सघाउन भनिएको छ । प्रदेश सरकारको तहबाट पाँचवटा अनुगमन टोली बनाएका छौँ ।”

मधेस प्रदेश, शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयका अनुसार यसपटक एसइई परीक्षामा प्रदेशभरका दुई सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, कुल दुई सय ७९ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, पाँच सय २८ सहायक केन्द्राध्यक्ष, सात सय ९६ परीक्षा सहायक, चार हजार ६९ निरीक्षक, एक हजार छ सय २८ कार्यालय सहयोगी गरी सात हजार पाँच सय ७९ कर्मचारी र तीनवटै सुरक्षा निकायबाट आवश्यक सङ्ख्यामा सुरक्षाकर्मीसमेत खटिने छन् ।

शिक्षा विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार एक सय ४६ र सबैभन्दा कम रौतहटका ३५ परीक्षा केन्द्रमा आठ हजार नौ सय ५७ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी, सप्तरीका ३६ परीक्षा केन्द्रमा नौ हजार पाँच सय २७, सिरहाका ४० परीक्षा केन्द्रमा १० हजार एक सय ५०, महोत्तरीका ३१ परीक्षा केन्द्रमा नौ हजार ५४, सर्लाहीका ३७ परीक्षा केन्द्रमा १० हजार नौ सय १६, बाराका ३२ परीक्षा केन्द्रमा नौ हजार एक सय ७९ र पर्साका २५ परीक्षा केन्द्रमा नौ हजार एक सय ६५ परीक्षार्थी सहभागी हुने तथ्याङ्क छ । रासस