• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

मिटरब्याज पीडित र सरकारबीच पुनः बस्ने गरी वार्ता सकियो



फाईल फोटो

काठमाडौँ । सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता सकिएको छ । गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको हो ।

वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेको मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताउनुभयो । उहाँकाअनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेको थियो । त्यसपछि बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवान बताउनुभयो ।

पासवानले वार्ता ठीकै रहेको र सरकारसँग आशावादी रहेको बताउनुभयो । “जफत भएको जमिन फिर्ता गरिनुपर्छ, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्छ, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।