१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेश हमाललाई तनहुँ १ मा उपचुनाव लड्न रास्वपाको प्रस्ताव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नायक राजेश हमाललाई तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न प्रस्ताव गरेको छ।

वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ ।

यसैबीच, हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले बतायो ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

यस्तै, रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि रिक्त रहेको चितवन २ मा पनि उपचुनाव हुँदैछ ।