३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा देश बनाउने योजना बन्नुपर्नेमा तमासा भइरहेको छ – महेश बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देश बन्ने योजना बन्नुको सट्टा सत्ताको भागबन्डाले तमासा निम्त्याएको बताउनु भएको छ ।

बुधबारको प्रतिनिधिसभामा बोल्दै सांसद बर्तौलाले लोकतन्त्रभित्र जनताले आफ्नो आवाज सरकारसमक्ष राख्न नपाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री निवास बालुवाटारमा देश बनाउने योजना बन्नुपथ्र्यो । त्यसमा बालुवाटारले समय व्यतित गर्नुपथ्र्यो । तर बालुवाटारको सत्ताको छिनाझम्टीको तमासा देशले देखेकोर ब्यहोरेको छ । संसदको पहिलो शक्ति भन्ने पार्टी (कांग्रेस) सरकारमा जोडिएको छ । तर बालुवाटारको गेटमा कति मन्त्रालय पाउँछ भनेर धर्ना दिइरहेको छ । सडकमा नागरिकले बोल्न पाउने बनेको अवस्था छैन । लोकतन्त्रको मसिहा भन्ने पार्टी सरकारमा रहँदा जनताले आफ्नो आवाज सरकारसमक्ष राख्न खोज्दा सुरक्षाकर्मी लगाएर मुख थुनिन्छ ।’

सांसद बर्तौलाले प्रश्न गर्नुभयो – ‘के तपाईहरुको लोकतन्त्र यही हो जहाँ नागरिकले आफ्ना गुनासोहरु जनतासामु राख्दा प्रहरी र सुरक्षाकर्मी लगाएर मुख थुन्ने ?’