• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

चितवन– २ मा सत्ता गठबन्धनले जितनारायणलाई उठाउने



फाईल फोटो

काठमाडौँ । सत्ता साझेदार दलहरुले चितवन–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि सांसद पद गएपछि उक्त पद खाली भएको थियो ।

नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ का लागि ११ जनाको नाम सिफारिस गरेको थियो । देवेन्द्र गुरुङ, जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ सिफारिसमा परेका थिए । तर कांग्रेसको पदाधिकारी तहमा श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति जुटिसकेको बताइएको छ ।

बिहीबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने बताइएको छ । श्रेष्ठ पार्टीको पूर्व जिल्ला सभापतिसमेत हुनुहुन्छ ।

नेकपा (एमाले) ले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने बताइएको छ । रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ ।