११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो

बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो
अ अ+ अ-

पोखरा । गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो ।

उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै पोखरी व्यवस्थापनका लागि स्थानीय तहलाई झक्झकाए । तारबार नगरेको, जलकुम्भी र अन्य फोहरले पोखरीका कारण बालकको मृत्यु भएको उनीहरुको बुझाइ थियो ।

स्थानीयले पोखरी संरक्षणको आवाज उठाएपछि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घटनास्थल पुगेर जोखिममुक्त पोखरीको व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अहिले भने पोखरा महानगरपालिका–५ धारापानी मार्गमा रहेको ठूली पोखरीले भने आफ्नो स्वरुप फेर्न थालेको छ ।

सोही अनुसार अहिले ठूली पोखरी संरक्षण एवम् निर्माण समिति बनाएर काम अघि बढाइएको वडा नं ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले जानकारी दिनुभयो । उहाँले अप्रिय घटनापछि मात्र तालको संरक्षण र व्यवस्थापनका लागि पहल भएको स्वीकार्दै अब थप मानवीय क्षति हुन नदिन र पोखरीको सौन्दर्यतालाई कायम गर्न वडाले पहल गरेको बताउनुभयो ।

“बालकको शव पोखरीमा भेटिएपछि सबैको ध्यानाकर्षण भएको हो । अहिले जोखिममुक्त पोखरी बनाउने कार्यअघि बढेको छ”, बरालले भन्नुभयो । घटनापछि सामाजिक अभियन्ता अञ्जु केसीको संयोजकत्वमा पोखरी व्यवस्थापनका लागि १३ सदस्यीय समिति गठन भइ सक्रिय रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार २०६२ सालको नापी अनुसार पोखरीको क्षेत्रफल साढे १० रोपनी छ । अहिले महानगरले पोखरीमा तारबारको लागि रु नौ लाख १७ हजार रकम विनियोजन पश्चात काम अघि बढेको समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ताललाई जोखिममुक्त बनाएर सुन्दर बनाउने काम भइरहेको छ । निकट भविष्यमै थप व्यवस्थित र पर्यटकका लागि आर्कषक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएर काम अघि बढेको उहाँले बताउनुभयो ।

“यो तालको आफ्नै महत्व छ तर यसको संरक्षण र व्यवसस्थापन तर्फ ध्यान नदिँदा एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्‍यो”, नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भन्नुभयो, “तालतलैया पोखरी प्राकृतिक सम्पदा हुन्, यसको बेलैमा संरक्षण र सम्वद्र्धन गरेको भए एक बालकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो ।”

पोखरी व्यवस्थापनका लागि समितिको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा वडा कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको उपस्थितमा दुई चरणमा पोखरी सफा गर्ने काम भइसकेको छ । रासस