१४ भाद्र २०८३, आईतवार
,
Latest
सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नामकरण विरोध : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप



फाईल फोटो
अ+ अ-

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी नामकरणको विरोधमा प्रदर्शनकारीले गरेको आन्दोलनका क्रममा झडप भएको हो ।

प्रहरील पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनमाथि नियन्त्रण लिने क्रममा अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ । पहिचान पक्षधरहरुले नामकरणको विरोधमा निरन्तर आन्दोलन गरिरहेका छन् । यही चैत ५ गते भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । उनको मृत्युपछि आन्दोलन अझ चर्किएको छ ।

मंगलबार पनि प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका छन् । प्रहरीलाई उनीहरुलाई लखेट्ने क्रममा झडप भएको हो ।