काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो ।
तर, धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको हो । गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूमाथि अभद्र व्यवहार मुद्दा चलाइएको थियो।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन् ।










