११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक
अ अ+ अ-

काठमाडौँ । कलाकारले हासीमजाक, व्यंग्य गर्न पाउँछन् । त्यहाँमाथि हास्य कलाकारको त पेशा नै हो, जतिसक्दो दर्शक र श्रोतालाई हसाउनु र आफ्नो पहिचान बटुल्नु । तर कार्यक्रममा प्रश्तुती दिइरहँदा आफूले के बोल्दैछु भन्ने हेक्का राख्नुपर्छ । कार्यक्रममा आफू हौसिएर के गर्दैछु र के बोल्दैछु भन्ने ख्याल नहुँदा कलाकारहरु विवादमा आउँछन् नै । यसलाई जतिसुकै लुकाराखौँ भनेपनि सकिँदैन । सामाजिक कुरीति, कुसंस्कार, समाजका अन्य गतिविधिमा हाँसिमजाक गर्नु कुनै नौलो कुरा होइन र हुनेपनि छैन ।

तर, कसैको अदालतमा मुद्दा परेको छ, सुनुवाई भएको छैन भने त्यसमा हासिमजाक गर्नु कति सम्मको लज्जाको विषय हो, भनिरहनु पर्दैन । केही समयअघि अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा नै बालगायिका कमला घिमिरेले आफ्नो लाइभ दोहोरी गीत विवादित बनेपछि माफी माग्नुपरेको थियो ।

उनी त्यो बेला धेरै नै आलोचित बन्न पुगेकी थिइन् । लाइभ दोहोरीमा उनले जबर्जस्ती करणीबारेका दुई घटनालाई व्यंग्य गर्दै ‘घुम्न जाउँ तलतिर १० लााख लिएर’ गीत गाएकी थिइन् जो आलोचित भएको थियो । उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप लागेको थियो । उक्त गीत उनले सुमन परियारसँग मिलेर गाएकी थिइन् । बाल कलाकारको मगजले भ्याएन, यो एक मनोभावले मान्न सकिएला तर कानूनले मनोभाव चिन्दैन र गल्ती गरेपछि सजायको भागिदार हुुनपर्छ नै ।

तर नाम कमाएका र पचिान बटुलिसकेका कलाकारको यस्तो प्रश्तुतीले के देखाउँछ ? हास्य कलाकारलाई जुनै विषयमा पनि व्यंग्य गर्न छुट छ । यहाँसम्मकी व्यक्तिगत चरित्रमाथि पनि दावा गर्न सक्नछन् । हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आईतवार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा प्रश्तुती दिने क्रममा यस्तै प्रश्तुती थियो । शुरुवाती प्रश्तुतीमा उनले म्युजिक अवार्डका निर्णयक स्वरुपराज आचार्यमाथि केही व्यंग्य गरे ।

उनले भने, ‘स्वरुप दाई पहिला सेमि क्लासिकल आउनुभयो, त्यसपछि सुगम संगीत, त्यसपछि अहिले आइपुग्दा त, ओई डाँडा घरे साइँली, मैले हत्ते गरेर के गर्ने ? अब अर्को पटक र्‍यापमा पक्का’

यसमा कुनै विवादित कुरा नै छैन । हास्य कलाकारले यसरी रमाइलो गर्न पाउँछन् नै तर कसैको व्यक्तिगत पहिचानमाथि धावा बोलेर हासी मजाक गर्नु अभिशाप सिद्ध हुन्छ । उनी यत्तिमा रोकिएनन् । त्यसपछि उनले शंकर थापाप्रति उनको व्यंग्य थियो । त्यसपछि श्रीकृष्ण बम मल्लप्रति उनको व्यंग्य तेर्सियो । त्यसपछि उनी कानूनतिर तेर्सिए । उनले गीत संगीत मुटु र कानून दिमागले बनाउने उल्लेख गरे ।

उनले भने, ‘कानूनले भन्छ, बिहेवारी, २० वर्षपारी, गीत संगीतले भन्छ, १६ वर्षे जोवनले होसै उडायो । त्यत्तिले मात्रै नभएर अझ थपेर गीत आउँछ, १६ पुगि १७ लागेँ, मनले के के माग्यो, माग्द गरोस् म त केही दिन्न अब ।’

त्यसपछि उनले भने, केटाहरु पनि अब लोभि हुन सिकाँै । उनले थपे हिजो माला लगाएको मान्छे, भोलि फलामको बाला लगाएर जेलभित्र ताला लगाइदिन्छन् । उनले पहिला छोरी मान्छेको इज्जत तरबारको धारमा र आजभोलि छोरा मान्छेको इज्जत सियोको टुप्प्पोमा भएको बताए । उनले को कतिबेला कहाँ जाकिन्छ भन्ने थाहा नहुने बताए ।

उनले सामाजिक सञ्जालमा अहिले पहिला छोरी जोगाउन गाह्रो भएको र अहिले हुर्केका छोरा जोगाउन गाह्रो भएको कुरा लेखेर कतिपयले शेयर गर्ने गरेको बताए । उनले युवकहरुलाई सावधान हुनपनि आग्रह गरे । साथै गीतको भर नगर्न र गीत बनाउँदा पनि ध्यान दिन आग्रह गरे । देशमा कानून भएकाले सकभर नराम्रा काममा नजान पनि उनको आग्रह थियो ।

उनले भने, ‘घरमा पो कोही छैन, देशमा कानून छ, कर्याप्प पार्छ, जोगिनुपर्छ, अर्को एउटा भाइ कन्फ्युज भएर गीतमा सोधिरहेको छ, मायालुले आउ भन्छ बेलुका, जाउँ की नजाउँ हो ? जाँदै नजानु । कुमार बस्नेत दाईले त्यो बेला गाउनुभएको यो गीत, त्यसबेला यो गीत अलि महिलाप्रति बायस भयो भन्ने लागेको थियो, आईमाईमा मान्छेको हुँदैन भर, लै बरी लै लै बरी लै’

उनले कुमार बस्नेतको गीतलाई कोट्याउँदै अहिले उक्त गीत हो की हो की जस्तो लागेको भन्दै कमेडी गरे । त्यसपछि शुरु भयो पीडितलाई थप पीडा थप्ने उनको व्यंग्य । उनले पहिला बनेको उखान छोरा मान्छेको तलव नसोध्नु, छोरी मान्छेको उमेर नसोध्नु भन्ने उखान फेर्न आग्रह गरे ।

उनले भने, ‘पहिला एउटा उखान थियो, छोरा मान्छेको तलव नसोध्नु, छोरी मान्छेको उमेर नसोध्नु, तर अब फेर्नुहोस्, केटी मान्छेको उमेर सोध्नुस्, केटा मान्छेको तलव पनि सोध्नुस्, यसकारण क ि१८ कटेको थाहा पाउन र केटा मान्छेको तलव पनि सोध्नुस्, कुरा नमिलेको दिनमा कतिसम्मको मुद्दा हाल्न मिल्छ त्यो थाहा हुन्छ ।’

उनले केटी मान्छेको उमेर १८ कटेको थाहा पाउनका लागि सोध्न र केटा मान्छेको तलव कुरा नमिलेको दिनमा कति सम्मको मुद्दा हाल्ने हो थाहा पाउनका लागि पनि सोध्न आग्रह गरे । उनी यत्तिमै सिमित रहेनन् । आज भोलि सिधै काम हुने र रेट नै तोकिएको उदाहारण दिए, केही समयअघि मात्रै उक्त गीतकै कारण विवादित बनेकी बालगायिका कमला घिमिरेले गाएको गीत, ‘घुम्न जाउँ तलतिर १० लाख लिएर, सोल्टी बजार’ गाएरै सुनाए ।

उनले कानूनको धारा र उपधारामा पनि हिसाव नमिलेको भन्दै सन्दीपको २० लाख पुगेको भन्दै कानूनको मजाक उडाए । उनले फेरि त्यसपछिको अनुसन्धानबाट आफूले थाहा पाएको कुरा भन्दै तलतिर घुम्न गए १० लाख र नगरकोटतिर गएर माथि पुगेर सन्दीपले गरेको गल्तीलाई २० लाख भनेर कानूनको भद्दा मजाक उडाए ।

उनले भने, ‘मास्तिर गएपछि त २० लाख, घुम्न जाउँ तलतिर १० लाख लिएर, घुम्न जाउँ मास्तिर २० लाख लिएर’ उनले आफैँ गीत बनाउँदै गए, गाउँदै गए जसमा दर्शक हासिरहे ।  उनले अफ्ठ्यारो स्थिति भएकाले केटाहरुले सोच्नुपर्ने बताए । उनले केटी मान्छे करेन्ट भएको र अझै १८ वर्ष मुनिको केटी भनेको बिजुलीको नाङ्गो तार भएको बताए ।

उनले फेरि थपे, ‘बत्ती कुन बेला आउँछ भन्ने हुँदैन, जुन बेला आएपनि करेन्ट लाग्छ । केटाहरु डराउनु पर्दैन, आफूले गल्ती नगरीकन किन डराउनु । तर गीत कानून अनुसार मिलाउनुपर्दो रहेछ, एउटा भाईले गषएको गीत यस्तो सोलिट रहेछ, गीतले के भन्छ भने, गाईलाई गोठ रेलिमाई घोडालाई तबेला, जाला जोवन रेलिमाई नगर अबेला ।’

गीत मीठो भएको तर कानून अनुसार गीत नमिल्ने उनको भनाइ थियो । कानून अनुसार सुधार्दा उनले गाएको गीत भिडियोमा नै स्पष्ट सुन्न सकिन्छ की कतिसम्म अपाच्य छ, उनको हाउभाउ र संकेतले नै स्पष्ट गर्छ । उनले १८ वर्ष पुगेको र नपुगेको थाहा पाउन निर्वाचनमा कसलाई भोट हालेको ? भन्ने प्रश्न गरे सहज उपायबाट उमेर थाहा हुने उनको समाधानरुपी जवाफ थियो ।