विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई ज्यान गुमाएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई ३ लाख रूपैयाँ उपलब्ध गराउने भएको हो ।
यस्तै, प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण पनि गर्ने भएको छ ।