• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

पोखराको वन क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्वाचित



पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट कार्की सभापति निर्वाचित भएका हुन् । कार्कीले २ सय ९५ मत ल्याएर विजयी भएका हुन् । यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत ल्याए ।

सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भए । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए । कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् ।

कोइरालाले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत प्राप्त गरिन् । सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भएका छन् ।