१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको वन क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्वाचित



अ+ अ-

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट कार्की सभापति निर्वाचित भएका हुन् । कार्कीले २ सय ९५ मत ल्याएर विजयी भएका हुन् । यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत ल्याए ।

सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भए । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए । कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् ।

कोइरालाले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत प्राप्त गरिन् । सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भएका छन् ।