• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

बागमती प्रदेश: कांग्रेसको ६ मन्त्रालयमा दाबी



हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले ६ मन्त्रालय दाबी गरेको छ । कुल ११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा कांग्रेसले मात्रै ६ वटा मन्त्रालयमा दाबी गरेको हो ।

नेकपा एमालेले सत्ता छाडेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए । एमाले र राप्रपाले सरकार छाडेपछि अहिले मुख्यमन्त्री जम्कट्टेलले ७ वटा मन्त्रालय सम्हालिरहेका छन् ।

बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१ र एकीकृत समाजवादीको ७ सीट रहेको छ । जसमध्ये कुल ११ मन्त्रालयमा कांग्रेसले आर्थिक मामिलासहित ६ वटा मन्त्रालय र नेकपा एसले ३ वटा मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता समीकरण अनुसार कांग्रेस र नेकपा एसले मात्रै नौँ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय भागबन्डामा समस्या परेको छ ।