११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने
तस्बिर: हन्ट नेपाल
अ अ+ अ-

ढोरपाटन । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ ।

बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ । यस वर्षको दोस्रो याम ९फागुन–वैशाख० का लागि सात कम्पनीबाट आठ देशका सिकारीले सिकार गर्न लागेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल वाइल्ड लाइफ एडभेन्चर, सफारी आउटिफट्सबाट अमेरिकाका सिकारीले फागुनेमा एक नाउर र एक झारल, श्री हिमालयन वाइल्डफाइफ आउट फिट्सबाट अमेरिकाका सिकारीले वार्सेमा एक नाउरको सिकार गर्ने छन् । श्री ट्याक्स एन ट्रेल्स प्रालिबाट क्यानडाका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको, श्री ग्लोबल सफारिज नेपाल प्रालिबाट हङ्गेरीका सिकारीले गुस्तुङमा एक नाउर र एक झारलको र फ्रान्सका सिकारीले सुनदहमा एक नाउर र एक झारलको शिकार गर्ने अनुमति पाएको उहाँको भनाइ छ ।

श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट पोर्चुगलका सिकारीले सुनदहमा एक नाउर, श्री नेपाल ट्राभल एक्स्पेडिसन प्रालिबाट पोल्याडका सिकारीले दोगाडीमा एक नाउर, रसियाली सिकारीले दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारल, स्पेनिस सिकारीले वार्सेमा एक नाउर र गुस्तुङमा एक झारल र श्री हिमालयन सफारिस प्रालिबाट अमेरिकाका तीन सिकारीले सिकार गर्ने भएका छन् । उनीहरूले दोगाडीमा एक नाउर र सेङमा एक झारल, सेङमा एक नाउर र सुनदहमा एक झारल, दोगाडीमा एक नाउर र गुस्तुङमा एक झारलको सिकार गर्ने ढोरपाटन सिकार आरक्षले जनाएको छ ।

सिकारका लागि दुई सिकारी ढोरपाटन आइपुगेको अधिकृत कँडेलको भनाइ छ । श्री ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिबाट सुनदहमा एक नाउरको सिकारका लागि पोर्चुगलका सिकारी ओलिभा डे एन्ड्राडे भिलारिन्हो जोस मिगुएल र श्री हिमालयन वाइल्डलाइफ आउटफिटर्स, स्युचाटारबाट वार्सेमा एक नाउरको सिकारका लागि अमेरिकाका चार्ल्स हेरोल्ड वेकल आरक्ष आइपुगेको उहाँले जानकारी दिनुभयो । याम सुरु भएपछि सिकारीहरू आउने क्रम जारी रहेको छ ।

पहिलो याम (असोज–मङ्सिर) मा एउटा नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको उहाँको भनाइ छ । यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको मात्र सिकार भएको थियो ।

दोस्रो यामअन्तर्गत चैतको पहिलो सातादेखि सिकार खेल्न सुरु भएको छ । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । ढोरपाटनमा प्रत्येक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकार खुल्छ । रासस