२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवकुमार नेपाल र झलनाथ खनालले हेरे ‘छक्कापञ्जा ४’



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् ।

आइतबार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा निर्माण भएको चलचित्र हेरेको चलचित्रका अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले जानकारी दिए ।

दिउँसो साढे १२ बजेको शोमा नेताहरूले आफै टिकट किनेर चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछि नेता नेपाल र खनालले ‘छक्कापञ्जा ४’ मन परेको प्रतिक्रिया दिएका थिए ।

देश तथा विदेशमा प्रदर्शन जारी फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ भने कमाई पनि उत्साहजनक गरेको छ ।