११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सवारी मुद्धा: नाबालकलाई वालिग बनाउदै थर परिवर्तन गरेर प्रहरीले थुनामा राखेको दाबी

सवारी मुद्धा: नाबालकलाई वालिग बनाउदै थर परिवर्तन गरेर प्रहरीले  थुनामा राखेको दाबी
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका एक नाबालकका पिताले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुना मुक्त गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

अनिश मगरको नाममा रहेको सवारीमा क्षति पुर्याएको आरोपमा गत फागुन २५ गतेको थुनछेकको आदेशबाट पुर्पक्षको लागि थुनामा राखेको भन्दै नाबालक १५ वर्षीय अनिश नेपालीका बुबा ध्रुव दमाईले निवेदन दिएका हुन् ।

निवेदनमा उनले आफ्ना नाबालक छोरा अनिशलाई डर त्रास र धम्की दिई केही नगरेको कसूर अपराधमा आफ्नो थर, उमेर र स्थायी ठेगानासमेत झुठो बोल्न लगाई गैरकानुनीरुपमा अपराधिक षडयन्त्र गरी प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको उल्लेख छ ।

प्रहरीले समेत झुठो बयान खडा गरी उक्त बयानको आधारमा नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंले झुठो अभियोग पत्र बनाई मिति गत फागुन २३ गते काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको र मिति २५ गते काठमाण्डौं जिल्ला अदालतको वयानमा समेत गर्दा समेत प्रहरीमा गरेको बयान गरी अभियोग पत्र र वयानको आधारमा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले नेपालीलाई अनिष मगर भनी पुर्पक्षका लागि थुनामा पठाएको निवेदनमा उल्लेख छ ।

बालबालिका सम्बन्धी, ऐन २०७५ ले बालबालिकालाई मुद्दा लागेमा पुरा गर्नुपर्ने विधि र प्रक्रियासमेतको विषयमा स्पष्टरुपमा व्यवस्था गरेको भन्दै निवेदनमा भनिएको छ, “मेरो छोराले गर्दै नगरेको अपराधलाई जबरजस्ती, ललाई फकाई, धम्काई सावित वयान गराई थर, वतन र उमेरसमेत झुठो लेखाई फौजदारी मुद्दामा फसाई पुर्पक्षको लागि थुना राखी बाल अधिकारसमेतको हनन गर्दै ठूलो अन्याय गरेको हुँदा न्यायको लागि यस सम्मानित अदालतसमक्ष बाध्य भई आएको छु ।”

श्री सर्वोच्च अदालतमा चढाएको
निवेदन–पत्र

बिषय: बन्दी प्रत्यक्षीकरणको आज्ञा आदेश जारी गरी पाऊँ

गोरे दमाईको नाति ध्रुब दमाईको छोरा जिल्ला नुवाकोट समुन्द्रादेवी गा।वि।स। वडा नं। २ हाल शिवपुरी गाऊँपालिका वडा नं। ०६ बस्ने वर्ष १५ को अनिश नेपालीका हकमा ऐ।ऐ बस्ने निजका बुबा ध्रुब दमाई ….

विरुद्ध

श्री काठमाण्डौं जिल्ला अदालत, बबरमहल काठमाण्डौं ‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘
केन्द्रिय कारागार कार्यालय, जगन्नाथ देवल, काठमाण्डौं………….
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौं………….
नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार काठमाण्डौं…………
प्रहरी प्रधान कार्यालय, नक्कसाल काठमाण्डौं………..
जिल्ला प्रहरी परिसर, टेकु काठमाण्डौं………
प्रहरी वृत्त जनसेवा काठमाण्डौं, धर्मपथ काठमाण्डौंं………..

मुद्दा: बन्दी प्रत्यक्षीकरण

म निवेदकका नाबालक छोरा अनिश नेपालीलाई गैरकानुनी रुपमा केन्द्रिय कारागार कार्यालय जगन्नाथ देवल काठमाण्डौंमा कैदी बन्दी बनाई राखेकोले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३३, नेपालको संविधानको धारा १७, २०, २२, २३, ३९, ४६, नं। ले निर्देशन गरे अनुसार संविधानको धारा १३३(२०९३) तथा मुलुकी देवानी संहिता २०७४ को दफा २० (क), (ख), (घ) समेतको अन्तर्गत रही निम्न लिखित निवेदन साथ सम्मानित सर्वोच्च अदालतमा उपस्थित भएको छु । निम्न लिखित प्रमाणका आधारमा बन्दी प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुना मुक्त गरी न्याय पाऊँ ।

१) म निवेदक ध्रुब दमाई कमजोर आर्थिक अवस्था भएको परिवारको व्यक्ति हुँ । म निवेदक गाउँमै खेतीपति गरेर जिविकोपार्जन गर्दैआएको छु । म निवेदकको मिति २०४८ सालमा सामाजिक परम्परा अनुसार नै रिता नेपालीसँग विवाह भएको थियो । हाम्रो सम्बन्धबाट तीन छोरी र एक छोराको जायजन्म भएकोमा छोरीहरुको विवाह भईसकेको छ । हाल मेरो परिवारमा म, मेरो श्रीमती रिता नेपाली तथा अनिश नेपाली गरी ३ जना रहेको छौं । छोरा अनिश नेपालीको मिति २०६४ चैत ०२ गते समुन्द्रादेवी–२ नुवाकोटमा जायजन्म भएको थियो ।

छोरा अनिश नेपालीले श्री बच्छला माध्यमिक विद्यालयमा मिति २०७२ सालमा कक्षा १ मा भर्ना भई २०७७ सालसम्म कक्षा ५ सम्मको अध्ययन गरेका थिए । कमजोर र गरिब आर्थिक अवस्था भएको कारणले छोरा अनिशले पढ्न छोडी घरपरिवारमै मलाई नै सघाउदैँ आएका थिए । छोरा अनिश नेपाली काठमाण्डौंमा गई आफ्नो सानी आमासित बसी केही आर्थिक उपार्जनको काम गर्ने भनि मिति २०७९ वैशाखतिर काठमाण्डौं आएका थिए । यसरी काठमाण्डौंमा बस्दा बेला बेला फोन सम्पर्क गर्ने गर्दथे । फोन सम्पर्क गर्दा आफू कुनै होटलतिर काम खोजिरहेको बताउदथे । तर माघको पहिलो सातादेखि नै छोरा अनिश नेपाली सम्पर्क विहिन भएका थिए । कतै काम खोज्दै होला भनि सम्पर्क होला भनि प्रतिक्षा नै गरी बसेको थिए ।

लामो समयसम्म पनि छोरा अनिश नेपालीले कुनै सम्पर्क नगरेको तथा उनका सानी आमासमेतलाई सम्पर्क गरी सोधखोज गर्दा अनिश नेपाली सम्पर्कमा नै नभएको भनि बताएपछि आफैँ काठमाण्डौंमा खोज्न आएको थिए । विभिन्न स्थानमा खोज्दा पनि छोराको कुनै पत्ता नलागेपछि प्रहरीमा सम्पर्क गर्न पुग्दा प्रहरीले छोरा अनिशको फोटो हेरी यस्तै फोटो गरेको केटा हाल कारागार कार्यालय जगन्नाथ देवल सुन्धारामा थुनामा रहेको भनि जानकारी दिएकाले छोरा अनिश नेपालीलाई भेट्न भनि कारागार कार्यालयमा जाँदा छोरा अनिश नेपालीलाई अनिश मगरको नाममा सवारी अंगभंगको मुद्दा (०७९–१–१६३२) मा काठमाण्डौं जिल्ला अदालतको मिति २०७९ फागुन २५ गतेको थुनछेकको आदेशबाट पुर्पक्षको लागि थुनामा राखेको थाहा जानकारी पाएपश्चात मेरो नाबालक १५ वर्षीय छोरा अनिश नेपालीलाई डर त्रास र धम्की दिई केही नगरेको कसूर अपराधमा आफ्नो थर, उमेर र स्थायी ठेगानासमेत झुठो बोल्न लगाई गैरकानुनी रुपमा अपराधिक षडयन्त्र गरी प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको र प्रहरीले समेत झुठो बयान खडा गरी उक्त बयानको आधारमा नै जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौंले झुठो अभियोग पत्र बनाई मिति २०७९।११।२३ गते श्री काठमाण्डौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको र मिति २०७९।११।२५ गते श्री काठमाण्डौं जिल्ला अदालतको वयानमा समेत गर्दा समेत प्रहरीमा गरेको बयान गरी अभियोग पत्र र वयानको आधारमा श्री काठमाण्डौं जिल्ला अदालतका माननीय न्यायाधीश श्री भोलानाथ ढकालको इजलासले छोरा अनिश नेपालीलाई अनिष मगर भनि पुर्पक्षका लागि थुनामा पठाई अन्याय गरेको हुँदा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी मेरो नाबालक छोरा अनिश नेपालीलाई थुना मुक्त गरी पाउन सम्मानित अदालत समक्ष निवेदन गर्न आएको छु ।

२) बालबालिका सम्बन्धी ऐन २०७५ को दफा २४ ले कुनै पनि बालबालिकालाई मुद्दाको पुर्पक्षको सिलसिलामा थुनामा राखिने छैन र निजसँग धरौटी वा जमानत मागिने छैन भनि उल्लेखि गरेको अवस्था छ । त्यसैगरी सोही ऐनको दफा २६ ले सुनुवाइको सिलसिलामा बालबालिकालाई प्राप्त अधिकारको विषयमा उल्लेख गरेको छ । यसरी बालबालिका सम्बन्ध ऐन २०७५ ले पनि बालबालिकालाई मुद्दा लागेमा पुरा गर्नुपर्ने विधि र प्रक्रियासमेतको विषयमा स्पष्ट रुपमा व्यवस्था गरेकोमा मेरो छोराले गर्दै नगरेको अपराधलाई जबरजस्ती, ललाई फकाई, धम्काई सावित वयान गराई थर, वतन र उमेरसमेत झुठो लेखाई फौजदारी मुद्दामा फसाई पुर्पक्षको लागि थुना राखी बाल अधिकारसमेतको हनन गर्दै ठूलो अन्याय गरेको हुँदा न्यायको लागि यस सम्मानित अदालतसमक्ष बाध्य भई आएको छु ।

३)अत: मेरो नाबालक छोरा अनिश नेपालीलाई नेपालको संविधानको धारा १७, २०, २२, २३, ३९, ४६ द्घारा प्रदत्त मौलिक हक, मुलुकी देवानी संहिता २०७४ को दफा २० द्घारा प्रदत्त व्यक्तिको वैयाक्तिक स्वतन्त्रता सम्बन्धी अधिकारसमेत विरुद्ध कुनै पनि कसूर बिना नै एउटा अपराधी सो सरह कैदीको रुपमा थुना राखी चरम मानसिक यातना दिने व्यवहारसमेत गरिएको हुँदा यसै सम्मानित अदालत समक्ष उपस्थित गराई संविधानको धारा १३३ बमोजिम तत्काल थुना मुक्त गर्न उपयुक्त आज्ञा आदेश जारी गर्दै बन्दी प्रत्यथीकरणको रिट जारी गर्न सादर निवेदन गर्दछु ।

४) यस सम्बन्धमा कहि कतै उजुर बाजुर गरेको छैन् ।
५) सर्वोच्च अदालत नियमावली २०७४ को अनुसूचि ३९१० बमोजिम निवेदन दस्तुर लाग्ने छैन ।
६) संलग्न प्रमाण कागज:
(क) नागरिकताको फोटोकपी……….
(ख) छोरा अनिश नेपालीको जन्म दर्ताको प्रतिलिपि।…….
(ग) छोरा अनिश नेपालीको फाटो १ प्रति………
(घ) श्री बच्छला माध्यमिक विद्यालयबाट गरिदिएको प्रमाणित कागजको प्रतिलिपि……..
(ङ) श्री काठमाण्डौं जिल्ला अदालतबाट मिति २०७९।११।२५ गते भएको आदेशको प्रतिलिपि।।।।१
(७) माथी उल्लेख गरिएको व्यहोरा ठिक साँचो छ, झुठो ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक
निज नाबालक अनिश नेपालीको बुबा ध्रुब दमाई
ईति सम्बत् २०७९ साल चैत महिना १० गते रोज ६ शुभम्….