५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

एमाले सचेतक बर्ताैलाको नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले माफी मागे

एमाले सचेतक बर्ताैलाको नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले माफी मागे
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलंघन गरेको स्विकार गर्दै माफी माग्नु भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिएपनि सत्तापक्षका माननीयबाट त्यसको उलंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्विकार गर्दै माफी माग्नु भएको हो ।

एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भिर विषय भएको भन्दै भन्नु भयो, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलीका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटकपटक मर्यादा विपरित काम भईरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन ।’

‘पटकपटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरुबाट यस प्रकारको काम भईरहेको छ । सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भईरहेको छ । म गम्भिरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस् । यही विषय राख्न चाहन्छु ।’

त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराउनु भएको थियो । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भन्नुभयो, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भए अनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उलंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’

प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई अनुमती नहुने उल्लेख गरिएको छ ।