२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीपुत्री गंगाले एकैछिनमा किन गरिन् फेसबुक पोस्ट ‘इडिट’ ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले फेसबुकमा ‘अपरिपक्व’ पोस्ट गरेकी छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेकी उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै ‘एडिटेड तस्बिर’ राखेकी थिइन् । तर आफ्नो पोस्टमा कमेन्टहरु देखेपछि उनले सोही तस्बिरलाई यथावत राखेर लेखेको ‘क्याप्सन’लाई फेरबदल गरेकी हुन् ।

एक प्रयोगकर्ताले ‘लाईट त लगायो होला तर तल यस्तो हरीयाली कसरी भयो ?’ भन्दै प्रश्न गरेका छन् । यस्तै अर्का प्रयोगकर्ताले ‘यस्तो छ र त्रिवि क्रिकेट मैदान ? के यो सत्य कुरा हो ? भनी प्रश्न गरेका छन् ।

गंगाले पहिलो इडिट नगरेको पोस्टमा लेखेकी थिइन् , ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’

त्यसको केही समयपछि नै उनले क्याप्सन बदलेर यस्तो बनाएकी छन् – ‘सम्माननीय प्रधानमंत्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ। द्रुत गतिमा सम्पन्न भए पश्चात् रंगशाला यो आकारमा देखिनेछ ।’