काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना एटीसीलाई कारबाही गरेको छ ।
एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एटीसी निलम्बनमा परेका हुन् ।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले उनीहरु कारबाहीमा परेको प्राधिकरणले जनाएको छ ।
साथै यस विषयमा छानबिन गर्न समिति कमिटी गठन गरिएको छ । समितिको अध्ययन प्रतिवेदन नआएसम्मका लागि एटीसी निलम्बनमा रहनेछन् ।