११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु



अ+ अ-

जनकपुरधाम । धनुषामा दुई ट्रक एकापसमा ठोकिएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।