११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो



अ+ अ-

काठमाडौँ । बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई शुक्रबार स्वदेश फर्काइएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पुर्याई अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको जानकारी दिइन् ।

उनका अनुसार नेपाल फर्काइएका महिलामा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई रहेका छन् । पीडित महिलालाई विभिन्न सङ्घसंस्थाको सहयोगमा नेपाल फर्काइएको र उनीहरूले टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि स्वदेश फर्काउने प्रयास भएको भण्डारीले बताइन् ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएका नौ दिदीबहिनीलाई अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुका साथै विदेशमा पुर्याई अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् । उनले भनिन्, “तपाईंहरू नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईंहरूलाई हामी न्याय दिलाउने छौँ, अपराधीलाई कारबाही गराउन पहल गर्नेछौँ ।”

अलपत्र अवस्थाबाट स्वदेश फर्काइएका मध्येकी एक पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको र भनेको पारिश्रमिक नदिएको तथा पीडा दिने गरेको दुःखेसो पोखिन् । उनले नेपालबाट जाँदा एजेन्टले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल रु ७५ दैनिक दिने गरेको जानकारी दिइन् । रासस