• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बजेटको आकार वृद्धि ★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

कोशी प्रदेश सरकार जोगाउने ओलीको दाबि



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार जोगाउने दावि गरेका छन् ।

मिसन ग्रासरुट अन्तर्गत झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राप्रपाको साथमा प्रदेश सरकार जोगिने बताएका हुन् ।

‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं। टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ। अब एउटा खोज्नुपर्ने छ। किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा’, ओलीले भने ।

ओलीले दश दलीय गठबन्धनलाई लार्भाको संज्ञा दिदै देश खान लागिपरेको आरोप लगाए। उनले एमालेलाई एक्लाउन बाह्य शक्तिहरुले लागिपरेको बताए ।

उनले प्रदेशसभामा चार भोटबाहेक सबैको सर्वसम्मतिले प्रदेशको नाम कोशी राख्न सफल भएको बताए। ‘केही केही मान्छेहरुले भ्रम फिजाउने कोसिस गरेका छन्। अनावश्यक ढंगले विवाद खडा गर्न खोज्ने र समाजमा अशान्ति मच्चाउन खोज्ने नियोजित रुपमा कोशी प्रदेशको विरोध मात्रै गरेको छन्। त्यसैले जनतामा अन्योल सिर्जना गर्न खोजेका छन्’, ओलीले भने ।