१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकार जोगाउने ओलीको दाबि



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार जोगाउने दावि गरेका छन् ।

मिसन ग्रासरुट अन्तर्गत झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राप्रपाको साथमा प्रदेश सरकार जोगिने बताएका हुन् ।

‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं। टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ। अब एउटा खोज्नुपर्ने छ। किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा’, ओलीले भने ।

ओलीले दश दलीय गठबन्धनलाई लार्भाको संज्ञा दिदै देश खान लागिपरेको आरोप लगाए। उनले एमालेलाई एक्लाउन बाह्य शक्तिहरुले लागिपरेको बताए ।

उनले प्रदेशसभामा चार भोटबाहेक सबैको सर्वसम्मतिले प्रदेशको नाम कोशी राख्न सफल भएको बताए। ‘केही केही मान्छेहरुले भ्रम फिजाउने कोसिस गरेका छन्। अनावश्यक ढंगले विवाद खडा गर्न खोज्ने र समाजमा अशान्ति मच्चाउन खोज्ने नियोजित रुपमा कोशी प्रदेशको विरोध मात्रै गरेको छन्। त्यसैले जनतामा अन्योल सिर्जना गर्न खोजेका छन्’, ओलीले भने ।