११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।

शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो । नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले विदेशमा पुर्‍याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईहरुलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रिय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ९ जना महिलाहरुलाई ललाईफकाई बेलारुस पुर्‍याइ अलपत्र पारीएका महिलाहरुलाई स्वदेश फर्काइएको बताउनु भयो ।

त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमीक नदिएको र पीडा दिने गरेको बताउनु भयो । उहाँले नेपालबाट जाँदा एजेण्टहरुले डलरमा पैसा दिने भनेपन िबेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताउनु भयो ।

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।