५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिने भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेमकिपा बागमती प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताउनुभयो ।

नेमकिपाका नेता गोर्साइले केन्द्रमा देखिएको राजनीतिक अस्थिरता प्रदेशमा पनि सरेको भन्दै अङ्कगणितलाई हेरेर देशका मुख्य दलहरू स्वर्थ पूरा गर्नमा नै केन्द्रीत भएको बताउनुभयो । एमसिसी परियोजनामा हस्ताक्षरको विपक्षमा नेमकिपा रहेकाले वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी पनि सो विषयमा हस्ताक्षरकर्ता भएकाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने उहाँको भनाइ थियो ।

त्यस्तै राप्रपाका नेता थापाले पार्टीको भन्दा सिद्धान्त नै फरक रहेको सरकारलाई समर्थन दिन नसक्ने बताउनुभयो । राप्रपाको विचार र सिद्धान्त अनुसार धारणा राख्न समेत नदिइएको भन्दै उहाँले गुनासो गर्नुभयो ।