१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय नेशनल पार्कमा बाघको आक्रमणबाट नेपालीको मृत्यु



फाईल फोटो
अ+ अ-

कञ्चनपुर। नेपाल-भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट नेपाली महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी कञ्चनपुर पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

पुनर्वास नगरपालिका- १० मदनटोलकी महिला स्थानीयसँग घाँस काट्न गएकी बेला बाघले आक्रमण गरेर सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबडिभिजन वन कार्यालयका प्रतिनिधिलगायतका टोलि घटनास्थलमा पुगेका छन् ।