११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अबको जोखिम: आगलागी, डढेलो, हावाहुरी र चट्याङ

अबको जोखिम: आगलागी, डढेलो, हावाहुरी र चट्याङ
symbolic picture
अ अ+ अ-

काठमाडौँ । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ ।

पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्‍याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पुर्‍याउने क्षतिसमेत बढिरहेको बताउनुहुन्छ । “अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणाङ्कले बढेको छ”, पोखरेलले भन्नुभयो, “यो बेला विशेष सावधानी अपनाउनुपर्छ, स्थानीय तहलगायत सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि पूर्वतयारी तथा आगलागी भइहालेको खण्डमा नियन्त्रणका लागि आवश्यक तयारी गर्ने बेला हो ।”

प्राधिकरणका अनुसार बुधबार मात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगालगी, हावाहुरी चट्याङ र डढेलोका छन् । गत वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । उक्त आगलागीमा परेर एक सय दुई जनाको मृत्यु भएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ ।

आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा रू दुई अर्ब ३० करोड बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुुरीबतासका एक सय घटना हुँदा १० जनाको मृत्यु भएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले यी तथ्याङ्कले पनि आगलागीको दर अत्यधिक रहेको र बढी भौतिक क्षति आगलागीका कारण हुने गरेको बताउनुभयो । “सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण भएको छ । हालसम्म नेपालमा आगलागी नियन्त्रणमा खटिने अग्रफोर्स भनेको नेपालका सुरक्षाकर्मी हो”, उहाँले भन्नुभयो । शर्माले सुरक्षाकर्मी बाहेकका तालिमप्राप्त दस्ता नेपालमा नभएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय सरकारले स्वयंसेवक ब्यूरोको अवधारणा ल्याएपछि सोही आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वयंसेवी तयार पार्न लागेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले स्वयंसेवीलाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा तालिम चलिरहेको छ । नमूनाका रूपमा विपद्का समयमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा रेडक्रसमा आवद्ध एक लाखलाई स्वयंसेवामा जोड्दै तालिम सुरु गरिएको प्राधिकरणले जनाएको छ । स्थानीय तहको मातहतमा रहने गरी ती स्वयंसेवीलाई विपद्का बेला परिचालन गर्न सकिने छ ।

प्राधिकरणले आगलागी, हावाहुरी, चट्याङ र डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यक तयारीसमेत थालेको जनाएको छ । यसका लागि आवश्यक तालिम, प्रशिक्षण यन्त्र, उपकरण व्यवस्थापनलगायतको काम जारी रहेको प्राधिकरणका प्रमुख पोखरेलको भनाइ छ ।

हालै प्राधिकरणले सिंहदरबारमा आगलागी नियन्त्रणका लागि उपयुक्त हुने ‘फायर फाइटिङ पम्प’को सफल अभ्यास गरेर देखाएको थियो । यस्ता यन्त्रको सही तरिकाले प्रयोग गरे दमकल नपुग्ने स्थानमा स्थानीय तहले सजिलै आगलागी नियन्त्रण गर्न सक्ने प्राधिकरणले जनाएको छ । ‘फायर फाइटिङ पम्प’को मूल्य रू एक लाख मात्रै पर्ने भएकाले हरेक स्थानीय तहले उक्त उपकरण व्यवस्थापन गर्न सक्ने उहाँले बताउनुभयो ।

अधिकांश आगलागी मानवीय कारण

प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्मा अधिकांश आगलागीका घटना मानवीय कारणले हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार ६४ प्रतिशत आगलागी मानिसले जानीजानी लगाउने गरेका छन् । बत्तीस प्रतिशत चुरोटको ठुटा फ्याँक्नेलगायत हेल्चेक्र्याइँका कारण हुने गरेको छ ।

हरेक वर्ष डढेलो निभाउन जाँदा औसत सात जनाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । औषतमा वार्षिक ८० घर आगालगीबाट जल्ने गरेका छन् । आगलागीले मानवीय र भौतिक सम्पत्तिका साथै जैविक विविधतामा ठूलो क्षति पुर्‍याए पनि यसतर्फ धेरैको ध्यान नपुगेको विज्ञ शर्मा बताउनुहुन्छ । उहाँका अनुसार आगलागी नियन्त्रणका लागि सरकारबाट समेत ध्यान नपुगेकाले बजेटको अभाव हुने गरेको छ ।

शर्माले पछिल्लो समय आगलागीको प्रकृति फरक हुँदै गएकाले ‘एरियल फायर फाइटर’को जरुरी रहेको बताउनुभयो । उहाँले वैशाखमा बढी आगलागी हुने भएकाले आजैदेखि सचेत हुनुपर्ने भन्दै आवश्यक तयारीमा जुट्न सबैलाई अनुरोध पनि गर्नुभएको छ । रासस